साइबर अपराध, लागुऔषधको दुर्व्यसन तथा बालविवाह रोकथामसम्बन्धी कार्यशाला
साइबर अपराधबाट जोगिन बलियो पासवर्ड प्रयोग गर्न, अनजान व्यक्तिसँग व्यक्तिगत विवरण साटासाट नगर्न र सामाजिक सञ्जालको सचेत प्रयोग गर्नुपर्ने सुझाव उहाँले दिनुभयो। साथै, बिधुतीय अपराध ऐन २०६३ अन्तर्गत साइबर अपराध गर्ने जो–कोहीलाई जरिवाना वा कैद हुने कानुनी व्यवस्था रहेको जानकारी पनि गराउनुभयो।
त्यस्तै, लागू औषधको प्रयोग विशेष गरी किशोर–किशोरीमा तीव्र रूपमा फैलिरहेको भन्दै उहाँले यसको कारणले मानसिक, शारीरिक, पारिवारिक र सामाजिक क्षति र्पुयाउने खतरा औंल्याउनुभयो। “विद्यालय वरपर समाजमा लागू औषधको पहुँच बढ्दै गएको छ, यसबाट जोगिन अभिभावक, शिक्षक र समुदाय सबैले मिलेर सचेतना फैलाउन जरुरी छ,” उहाँले भन्नुभयो।
बालविवाहसम्बन्धी जानकारी दिँदै अर्का सहजकर्ता प्रहरी जवान राम बहादुर बुुढाले बालविवाहले बालबालिकाको शिक्षामा बाधा पुग्ने, स्वास्थ्यमा समस्या ल्याउने र भावी जीवनमा असमानता तथा हिंसा निम्त्याउने हुँदा त्यसको रोकथाम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले २० वर्ष नपुगी विवाह गर्न वा गराउन नपाइने र उल्लंघन गरे कानुनी कारबाही हुने प्रस्ट पार्नुभयो।
कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक तथा सुुचना अधिकारी अमृता जिसी रोकाले किशोर अवस्थामा प्रविधिको गलत प्रयोग, लागू औषधको दुव्र्यसन र बालविवाहले विद्यार्थीको भविष्य अन्धकारमय बनाउने हुँदा यस्ता कार्यक्रमले सचेतना फैलाउने र अपराध न्यूनीकरणमा टेवा र्पुयाउने बताउनुुभयो ।
बाल क्लब अध्यक्ष तथा कक्षा ८ की छात्रा सुुप्रिया पाइजाले सहभागीको तर्फबाट धारणा राख्दै भन्नुुभयो–“हामीलाई साइबर अपराध, लागू औषध र बालविवाहबारे धेरै जानकारी थिएन, तर यो कार्यक्रममा सहभागी भएर थुप्रै कुरा बुझ्न पाइयो। अब हामी सचेत भएर व्यवहार गर्नेछौं।”
कक्षा ६ देखि ८ सम्मका करिब ४० जना विद्यार्थीहरू सक्रिय सहभागितासहित उपस्थित कार्यक्रमकोे सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख तथा शिक्षक सुजन पुनले गर्नुभएको थियो। विद्यालय पक्षले यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।
No comments