विद्योदयमा शुक्रबार नियमित कार्यक्रम अन्तर्गत 'इन–आउट' र 'बल थ्रो' प्रतियोगिता सम्पन्न

बेनी (म्याग्दी), असार ६ । श्री विद्योदय आधारभूत विद्यालय, बेनी–१० वाखेतमा शुक्रबार नियमित रूपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत 'इन–आउट' र 'बल थ्रो' खेल प्रतियोगिता सम्पन्न भएको छ।

कक्षा १ देखि ३ सम्मका बालबालिकाबीच भएको 'इन–आउट' खेलमा आस्था राम्जाली प्रथम, युना रोका द्वितीय र रियान्स रोका तृतीय भएका छन्।  त्यसैगरी कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूबीच भएको 'बल थ्रो' प्रतिस्पर्धामा कक्षा ४ र ५ तर्फबाट रितिका रोका  र शिव दर्जी प्रथम घोषित भए। निम्न माध्यमिक तह (कक्षा ६–८) तर्फबाट निम्रन राम्जाली,  सुप्रिया पाइजा, आस्मान पाइजा र अप्सन पाइजा विजयी भए। उनीहरूले उत्कृष्ट फर्म, दूरी र नियन्त्रित बल फ्याक्ने शैलीका आधारमा अंक प्राप्त गरेका थिए।

कार्यक्रमको समापनमा विजयी विद्यार्थीलाई विद्यालय परिवारको तर्फबाट  निमित्त प्रधानाध्यापक अमृता जिसि राेकाले बधाई तथा आगामी दिनमा अझ राम्रो प्रदर्शनको शुभकामना व्यक्त गर्नुभएकाे  थियो। 

कार्यक्रम अतिरिक्त क्रियाकलाप विभागअन्तर्गत नियमित रूपमा सञ्चालन हुँदै आएको हो। विद्यार्थीको शारीरिक तन्दुरुस्ती, खेल भावना र समुहमा काम गर्ने क्षमताको विकास गर्ने उद्देश्यले यस्ता क्रियाकलापहरू आयोजना गरिने विद्यालयका शिक्षक सुजन पुनले जानकारी दिनुभयो। बालबालिकाको उत्साह र सहभागिता प्रशंसनीय रहेको विद्यालयले जनाएको छ।

No comments