विद्योदय आविलाई ‘मोडल स्कूल’ बनाउने याेजना : के–के छन् पहलहरू ?
एक कक्षा, एक स्मार्ट बोर्डदेखि इ–लाइब्रेरी र स्टिम ल्याबसम्म–विद्यालय रूपान्तरणका लागि प्रअको योजनाबद्ध पहल
(नेपालका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू जहाँ शैक्षिक चुनौतीहरू धेरै छन्, त्यहाँका एक प्रतिबद्ध शिक्षक र सामाजिक अभियन्ता प्रकाश अधिकारीले आफ्नो अनुभव र सोच साझा गरेका गर्नुभएको । उहाँ हाल म्याग्दीको बेनी नगरपालिका–१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । उहाँको व्यक्तित्व केवल एक शिक्षकको भूमिकामा सीमित छैन; उहाँ शिक्षा, सञ्चार, साहित्य र सामाजिक अभियानको एक प्रेरणादायी नाम हुनुहुन्छ। बालबालिकाको पठन संस्कृति विकास र सामुदायिक शिक्षा सुधार र समसामियक विषयमा उहाँका लेख, रचनाहरू विभिन्न पत्रपत्रिका र जर्नलहरूमा प्रकाशित छन । विद्योदय उहाँको नेतृत्वमा एउटा उदाहरणीय शिक्षालयको रूपमा स्थापित हुँदै गएको छ। यसै विषयमा अधिकारीसँग आर्दश सञ्चारकर्मी मन कुमारी केसीले गरेको संक्षिप्त कुुराकानी प्रस्तुत गरिएको छ।–सम्पादक)
१. तपाईंले आफू कार्यरत विद्यालयको वर्तमान यथार्थलाई कसरी वर्णन गर्नुहुन्छ?
👉 म कार्यरत विद्यालय एउटा जीवित गाथा हो – जहाँ भित्ताहरूमा पुराना रंगहरू छेपिएका छन्, तर ती भित्ताहरू अझै पनि भविष्यका सपना टाँस्न चाहन्छन् । माथीदेखि तलसम्म विद्यालय र शिक्षकलाई हेर्ने हेयपुर्ण दृष्टिकोण, भौतिक पूर्वाधार अपुग छ, शिक्षक दरबन्दी र शिक्षण सामग्री कहिले कहिले ‘सपना’ जस्तै लाग्छ। तर ती सपनालाई मूर्त बनाउने हामी शिक्षक छौँं– किताब, कलम र करुणाबाट। नजिकैको सिँहदरबारको साथ र सहयोग बिना गाउँको विद्यालयमा गुणस्तरीय शिक्षाको परिकल्पना अपूरो हुन्छ । हामीसँग स्थानीय सरकारको साथ छ, अब आवश्यक छ ।
प्रश्न २ः विद्यालय नेतृत्वको यात्रामा प्रवेश गर्न प्रेरणा के थियो ?
👉 मेरो जीवनमा पत्रकारिता र शिक्षा दुई मुख्य आयाम थिए। पत्रकारिताले मलाई समाजका समस्याहरू देखाउने दर्पण बनेको थियो–जहाँ मले सामाजिक अन्याय, असमानता र आवाजविहीनहरूका कथा सुनाएँ। तर यिनै समस्याहरूको जरा गहिरो र दीर्घकालीन समाधान शिक्षा प्रणालीमा रहेकाले, मैले सोचेँ–समाज सुधार्न सबैभन्दा प्रभावकारी माध्यम भनेको ‘गुणस्तरीय शिक्षा’ हो।
शिक्षकको भूमिकामा आएपछि मैले अनुभव गरें कि विद्यालयको हरेक कक्षा एउटा ‘मिनी सोसाइटी’ हो जहाँ बालबालिकाको समग्र विकास मात्र होइन, उनको सामाजिक चेतना र मूल्य विकास गरिन्छ। यहाँ नै मैले सामाजिक अभियन्ता, शिक्षक र नेता(प्रअ)को संयोजन खोजेको छु- जसले बालबालिकालाई म मात्र डिग्रीधारी होइन, जिम्मेवार र जागरूक नागरिक बनाउन सक्छ। यसैले म नेतृत्वमा आएको छु, ताकि म गाउँघरका हरेक बालबालिकाले संस्कारयुुक्त गुुणस्तरीय शिक्षा र सीप सिकन सकून्। नेतृत्वमा आउनुुको अन्तिम कारण चाहिँ विव्यस अध्यक्ष टिकाबहादुुर पाइजा,समिती, सहकर्मीहरुको साथ र श्रीमती सरुको उत्प्रेणा ।
प्रश्न ३ः त्यसो भए तपाईं पत्रकारिता र शिक्षाशास्त्रको अनुभवनलाई विद्यालय व्यवस्थापनमा एकीकृत गर्नुभएको छ ?
👉 हो, पत्रकारिताले मलाई तथ्यलाई बुझेको र त्यसको सामाजिक असर मूल्याङ्कन गर्ने क्षमता दियो। यो विश्लेषणात्मक सोचले विद्यालय व्यवस्थापनमा समस्या समाधान र दीगो योजना बनाउँदा धेरै सहयोग गर्छ। त्यसैगरी, शिक्षाशास्त्रले बालबालिकाको मनोविज्ञान, सिकाइका विधिहरू र शैक्षिक प्रविधिहरू बुझ्न सहयोग ग¥यो। यी दुई पक्षलाई जोड्दा म विद्यालयमा केवल ‘कर्मचारी’ होइन, ‘प्रेरक’ बन्न कोशिस गरिरहको छुु । शिक्षक–विद्यार्थी–अभिभावकबीचमा अन्तरक्रिया सृजना गर्ने, सिकाइलाई बढी सजीव र सान्दर्भिक बनाउने काममा जुटेको छु।
प्रश्न ४ः तपाईँको विचारमा शिक्षा के हो?
👉 शिक्षा — त्यो सास हो, जसले अभावमा पनि आशा बाँच्छ । त्यो आत्मा हो, जसले भोलिको उज्यालो आजको आँसुले सिँचेर तयार पार्छ । एक बाक्यमा, “शिक्षा भनेको जीवन बाँच्ने कला हो ।”म त्यही कला सिकाउने कलाकार हुुँ ।
प्रश्न ५ः “बुक फ्रि फ्राइडे” जस्ता नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्दा के चुनौतीहरू भोग्नुभयो? उपलब्धिहरू के भयो ?
👉 सबैभन्दा ठूलो चुनौती भनेको स्रोत साधनको अभाव र परम्परागत सोचलाई परिवर्तन गर्नु थियो। अभिभावक र केही शिक्षकहरूमा नयाँ सिकाइ विधिप्रति अविश्वास वा असजिलो महसुस हुनु पनि चुनौती थियो। यस्ता चुनौतीहरू पार गर्न निरन्तर समुदायसँग संवाद, शिक्षकहरूलाई तालिम दिने र स्थानीय स्रोत जुटाउने प्रयास गरिएको थियो । यसरी चुनौतीहरूको सामना गर्दै, कार्यक्रमले विद्यार्थीहरूमा पुस्तकप्रति रुचि जगायो र उनीहरूको अध्ययनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ । विद्यालयमा सामुुुुुुुुहिक भावनाको विकास र स्थानिय सरकारको ध्यानाकर्षण भएको छ । हामी बच्चाहरूलाई ‘के पढ्ने’ भन्नेभन्दा ‘किन पढ्ने’ भन्ने बुझेका नागरिक बनाउन चाहन्छौं। मेरो विश्वास छ, यस्ता सानातिना पहलहरूले दीर्घकालीन रूपमा शिक्षामा गुणस्तर सुधार ल्याउनेछन्।
प्रश्न ६ः विद्यालयमा प्रविधि र पारदर्शिताका लागि तपाईँले गरेका पहलहरू के–के छन्?
👉 विद्यालयमा सिसिटिभी जडान गरेर अनुशासन र सुरक्षा दोहोरो रुपमा सुनिश्चित गरेका छौं। यसले विद्यालय प्रशासनलाई मात्र नभई अभिभावकलाई पनि विश्वास दिलाएको छ कि विद्यालयमा बालबालिकाको सुरक्षा सर्वोपरि छ। प्रविधिको सदुपयोग गर्दै डिजिटल सूचना प्रणाली विकास गरिरहेका छौं । जसले शिक्षक र अभिभावकबीच नियमित र पारदर्शी संवाद गर्न सहज बनाएको छ। आफ्नै लगानिमा विद्यालय म्यानेजमेन्ट सफ्वयर मोबाइल एप सञ्चालमा ल्याएका छौं । यसले विद्यार्थीहरूको प्रगतिको वास्तविक जानकारी अभिभावकसम्म सजिलै पु¥याउन मद्दत गरिरहेको छ। विद्यालयमा डिजिटल शिक्षक हाजिरी व्यवस्थापन, वेबसाइट, र सामाजिक सञ्जालको समुचित प्रयोग गरेका छौं । जसले शिक्षण सिकाइ प्रक्रिया र विद्यालयको समग्र व्यवस्थापनमा उल्लेखनीय प्रभाव पार्छ। यी प्रविधिहरूले शैक्षिक गुणस्तर, पारदर्शिता, र कार्यक्षमता वृद्धि गर्नुका साथै विद्यार्थी, शिक्षक, र अभिभावकबीचको समन्वयलाई सहज बनाएको छ भन्ने मेरो विश्वास छ।
यद्यपि प्रविधि मात्र पर्याप्त छैन, त्यसको प्रभावकारी प्रयोगका लागि शिक्षकहरूलाई नियमित तालिम र स्थानीय सन्दर्भमा उपयुक्त सामग्री विकास गर्न आवश्यक देखिन्छ । र हामी निरन्तर काम गर्दैछौं।
प्रश्न ७ः सामुदायिक विद्यालय सुधारका लागि तपाईंको दृष्टिकोण कस्तो छ?
👉सामुदायिक विद्यालय सुधार एकल प्रयास होइन, समष्टिगत अभियान हो। विद्यालय, अभिभावक, शिक्षक, स्थानीय प्रशासन र नीतिनिर्माताबीच साझा दायित्व आवश्यक छ। सबैभन्दा पहिला हामीले विद्यालयलाई ‘समुदायको केन्द्र’ बनाउनुपर्छ– जहाँ पाठ्यपुुस्तको अध्ययन मात्रै होइन सामाजिक संस्कार, संस्कृतिको संरक्षण, र बालबालिकाको समग्र विकास हुन्छ।
पठन संस्कृतिको विकासका लागि रिडिङ क्लब वा बाल क्लबमार्फत डिजिटल पठन प्रवद्र्धन ई–बुक, अडियो बुक, बालमैत्री वेबसाइड, मोबाइल र कम्प्युटर प्रयोग गरेर सिकाइलाई पठनतर्फ मोड्ने, खेलकुद र सांस्कृतिक कार्यक्रम अनिवार्य छन्। नीति निर्माणमा स्थानीय आवाजलाई केन्द्रमा राखेर लचिलो, व्यवहारिक र दीगो नीतिहरू ल्याउनुपर्छ।
प्रश्न ८ः तपाईँका भविष्यमा के–कस्ता योजना र आकांक्षा छन्?
👉 आगामी वर्षहरूमा मेरो पहिलो प्राथमिकता विद्योदय आधारभूत विद्यालयलाई एक ‘मोडल स्कूल’मा रूपान्तरण गर्नु हो—जहाँ विद्यालय केवल पढाउने ठाउँ मात्र होइन, जीवन सिक्ने प्रयोगशाला होस् । यही दसैँ भित्र विद्यार्थीलाई विद्यालयप्रति आत्मीयता र गौरव महसुस गराउने सांस्कृतिक आत्मा बोकेको विद्यालय गानको रेकर्डिङ र म्युजिक भिडियो तयार हुनेछ । त्यसको लागि स्थानिय कलाकारहरुसँग सहकार्य गरिरहका छौँ ।
विद्यालयमा एक कक्षा, एक स्मार्ट बोर्ड, डिजिटल पुस्तकालय र क्त्भ्ःरक्त्भ्ब्ः प्रयोगशाला बनाउने मेरो धोको छ । शिक्षा केवल किताबी कल्पनामा होइन, अनुभवमा आधारित परीक्षण हुनेछ—विद्यार्थीहरूले आफूले सिकेको कुरा आफैँ बनाउने, बुझेको कुरा आफैँ चलाउने, र आफूले देखेको कुरा आफैँ प्रकट गर्नेछन् ।
हाजिरीदेखि मूल्याङ्कनसम्म, गृहकार्यदेखि शिक्षक विकास तालिमसम्म सबै डिजिटल प्रणालीमा आधारित हुनेछ। पारदर्शिता, सरलता, पहुँच र गतिशीलता बढाउन विद्यालय पूर्ण डिजिटल बनाउने, विद्यालय बगैंचालाई जीवित पाठशाला बनाउने, जहाँ विद्यार्थीहरूले प्रकृतिसँगै संवाद गर्न सिकून्। साथै “बुक फ्रि फ्राइडे” अभियान अन्र्तरगत विद्यालयलाई समुदायको केन्द्र बनाउन विद्यालय टेलिभिजन र अनलाइन रेडियो कार्यक्रम सञ्चालन गर्ने, उद्घोषण कला तथा आधारभूत पत्रकारिताको कोर्स निमार्ण गरेर जेन्जी र अल्फा जेनको लागि शैक्षिक हव बनाउने योजना छ ।
साथै, मैले मेरो साहित्यिक यात्रा जारी राख्ने योजना बनाएको छु–कविता र गजल संग्रह प्रकाशन गर्दै बालबालिकामा भाषा र साहित्यप्रतिको रुचि बढाउनेछु । युवा पुस्तामा सामाजिक चेतना र शिक्षा प्रति जिम्मेवारी भावना जगाउने अभियान पनि निरन्तर चलाउनेछु।
प्रश्न ९ ः अहो ! यति महत्वकांक्षी योजना यस्तो ग्रामिण क्षेत्रमा सम्भब छ ? स्रोत कसरी जुटाउनुहुन्छ ?
👉 ग्रामिण क्षेत्रमा ‘मोडेल विद्यालय’ बनाउने सपना अपत्यारिलो लाग्न सक्छ, तर त्यो असम्भव भने होइन। स्रोत सीमित भए पनि संकल्प र रणनीति दृढ भएमा यस्तो योजना कार्यान्वयन गर्न सकिन्छ । मेरो अनुभवमा, समुदायको विश्वास जित्न सक्ने स्पष्ट र पारदर्शी योजना, विद्यालयको नेतृत्वमा इमानदारी र समर्पण, र विद्यार्थीको जीवन परिवर्तन गर्ने दूरदृष्टि नै स्रोत जुटाउने मूल आधार हो। विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार, अभिभावक, पूूर्व विद्यार्थी, सामाजिक संस्था, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूसँग सहकार्य गरेर आवश्यक प्रविधि, पूर्वाधार, तालिम र सामग्री जुटाउन सकिन्छ। साथै, ‘साझेदारी संस्कृतिको विकास’ गरेर स्कुललाई सबैको साझा सपना बनाउँदा जनश्रमदान, सामग्री सहयोग, साना–साना रकम संकलन हुँदै ठूलो परियोजना पनि सम्भव हुन्छ । सृजनात्मकता र नवप्रवर्तनशील सोचले विद्यालयको सीमित स्रोतलाई नै अवसरमा बदल्न सकिन्छ । शिक्षक, अभिभावक, समाज र नेतृत्व मिलेर उभिन सक्छन् भने गाउँमै विश्वस्तरीय विद्यालय बनाउन सकिन्छ । र, सबैभन्दा महत्वपूूर्ण कुुरा विद्यालय सञ्चालन गर्न स्थानिय अभिभावकहरुले देशविदेशबाट खाइनखाई गरि गरेको सहयोगको लेखाजोखा नै छैन् अभिभावक रुष्ट छन् । आएको सहयोग पनि चुुस्तदुुरुस्त नभएकाले विद्यालय र समाजको सम्बन्ध चिसो छ । आर्थिक पारदर्शिता र अनुुशासन कायम गर्न हामीले एउटा विद्यालय समुुदाय सम्बन्ध सुुधार तथा विकास समिती बनाएर गाँउमै डुुवेको लगानी उठाउने तयारी पनि गरेका छौँ । जसबाट हामीलाई करिब १५ लाख आर्थिक संकलन हुुन्छ । यति भएपछि हामीलाई काम गर्न केही सजिलो हुनेछ ।
प्रश्न १० ः तपाईंको सपना कस्तो सामुदायिक विद्यालय हो?
👉 मेरो सपना एउटा यस्तो सामुदायिक विद्यालय हो, जहाँ बच्चाहरू अनुशासनका नाममा शान्त होइनन्–उत्कंठित, जिज्ञासु, अराजक र सिर्जनशील होउन्। जहाँ शिक्षकहरू कक्षा संचालन नगरी बच्चासँग यात्रा गर्छन्—हातमा किताब होइन, आँखामा दृष्टि लिएर। मेरो सपना हो–विद्यालय टिनको छानोमुनि हैन, ज्ञानको आकाशमुनि होस्, जहाँ निदाएको भविष्य होइन, जागेको र बाँचेको वर्तमान बोलोस्।
साभार : आदर्श सञ्चार र धाैलागिरी जागरकण दैनिक
No comments