वाखेत–१०, म्याग्दी । विद्योदय आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि, पारदर्शी व्यवस्थापन र अभिभावक–विद्यालय सहकार्य सुदृढ पार्ने उद्देश्यले नयाँ शिक्षक–अभिभावक संघ (PTA) गठन गरिएको छ।
विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न सर्वसम्मत आम भेलाले शैक्षिक सत्र २०८२–२०८४ का लागि PTA गठन गर्ने निर्णय गरेको हो। अध्यक्षमा नारायण रोका, सदस्य- सचिवमा सृजन पुन, र विद्यार्थी प्रतिनिधिमा सुप्रिया पाइजा चयन भएका छन् भने अन्य सदस्यहरूमा शोभा पाईजा, टिका दर्जी, होमकुमारी राम्जाली, हर्क बहादुर रोका, लोक बहादुर पुन, वन्दना बुढाथोकी, माया रोका र प्रकाश अधिकारी रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष मस्बीर रोका ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता टिका बहादुर पाइजा ले गर्नुभएको थियो भने सहजिकरण प्रधानाध्यापक प्रकाश अधिकारी ले गर्नुभएको थियो।
विद्यालय प्रशासनले नवगठित PTA लाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ र विद्यालयको समग्र विकासमा सम्पूर्ण अभिभावक, शिक्षक र सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको छ।


0 Comments