विद्योदयमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन : उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित


वाखेत – शिक्षा र प्रतिभाको केन्द्र मानिने श्री विद्योदय आधारभूत विद्यालयले मंगलबार प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । विद्यालयले यस अवसरमा विद्यार्थीहरूको प्रगति सार्वजनिक गर्दै उत्कृष्ट विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरेको छ।

बेनी नगरपालिकाको शैक्षिक क्यालेण्डर अनुुसार २०८२ भाद्र १५ गते देखि २२ गते सम्म सञ्चालित प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको अवसरमा उत्कृष्ट विद्यार्र्थी र ६ शिक्षक सम्मानित हुनुभएको छ । 

कक्षा ७ की छात्रा रेविका रोका उत्कृष्ट जिपिए स्कुुल टपर र कक्षा ८ की छात्रा सुप्रिया पाईजा रनअप हुन सफल हुुनुुभयो । कार्यक्रममा परीक्षा परिणाममा १०० प्रतिशत पास हासिल गरेका चार शिक्षकलाई विशेष सम्मान प्रदान गरिएको थियो। जसमा कक्षा १ को गणित, मेरोसेरोफेरो, नगरपालिका र अङ्ग्रेजीमा १०० प्रतिशत विद्यार्थी पास गराउन सफल शिक्षकहरु क्रमश सुुजन पुुन, कमला पौडेल रेग्मी, शर्मिला कार्की र खमिसरा पाईलालाई विद्यालयले सम्मान गरेको विद्यालयले जनाएको छ । विद्यालयले ‘टिचर अफ दि क्वाटर’ अन्तर्गत दुईजना शिक्षकलाई सम्मान गरेको छ। कार्यसम्पादन मूूल्याङ्कनका आधारमा सर्बोत्कृष्ट नतिजासहित साविकको निमावि तह अंग्रेजी शिक्षक अमृता जिसी रोका टिचर अफ दि क्वाटर र डिसिप्लिन टिचर अफ दि क्वाटर सम्मानले शिक्षक सुुजन पुुनलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले जानकारी दिनुुभयो ।  शिक्षकहरूलाई प्रेरित गर्दै शैक्षिक गुणस्तर वृद्धिमा योगदान र्पुयाउने वातावरण सिर्जना गर्न यस्तो पुुरस्कारले महत्पुुर्ण भूूमिका खेल्ने अधिकारीको भनाई छ ।

यस अवसरमा तेस्रो अभिभावक भेला पनि आयोजना गरिएको थियो, जहाँ शिक्षक र अभिभावकबीच विद्यार्थीको सिकाइ र गुणस्तर वृद्धिका लागि अन्तरक्रिया तथा छलफल गरिएको थियो। शिक्षकहरूले अभिभावकलाई व्यक्तिगत सुधार योजना, समूहगत अध्ययन र परामर्श प्रक्रियाबारे जानकारी दिएका थिए । अन्तरक्रियमा बोल्दै प्रअ अधिकारीले भन्नुुभयो ‘हामी विद्यार्थीको उज्जवल भविष्य र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यमा पूर्ण प्रतिबद्ध छौँ।  यस्तो समन्वयले मात्र उत्कृष्ट परिणाम हासिल गर्न सकिन्छ।’ विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासले शैक्षिक र सह–पाठ्यक्रमिक वातावरणलाई अझ समृद्ध र प्रेरणादायी बनाएको विद्यालयले जनाएको छ।












Post a Comment

0 Comments